Logo
Logo

प्रधानमन्त्रीको बोली र व्यवहारमा सामञ्जस्यता होस् : माधव नेपाल


945
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाइ दिएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले देशमा राजनीतिक स्थायित्व जनताले चाहेको र विगतको शिक्षा ग्रहण गरेर अघि बढ्ने बताए । 

प्रधानमन्त्रीले संविधान पालना गरेर हिँड्ने विश्वास व्यक्त गरे । संविधान, लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै समाजवादको लक्ष्यमा जानुपर्ने उनको भनाइ छ । ‘उहाँले केही गरेर देखाउने, नयाँ ढंगले अघि बढ्ने र नमुना काम गरेर देखाउने र सबै क्षेत्रमा सुधारसहित आमूल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’, उनले भने, ‘जनताले देख्नेगरी काम होस् । बोली र व्यवहारमा सामञ्जस्यता आओस् ।’

प्रतिक्रिया दिनुहोस्