Logo
Logo

‘मेरो नाम लिनै निषेध गरिएको ठाउँमा उभिएर बोल्दा नौलो अनुभूति भयो’


2k
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्र कान्त राउत (सिके राउत)ले संसद्का नवप्रवेशी दलमा आवेग मात्रै नभएर अग्रजप्रति सम्मानको भाव पनि भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राउतले आफूहरुमा आवेग मात्रै नभएर अग्रजहरुप्रति सम्मान पनि रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले हामीलाई स्वागत गर्दै हामीहरुमा आवेग रहेको भन्नुभएको छ। हामीसँग आवेग मात्रै होइन। अग्रजहरुप्रति सम्मान पनि छ ।’

प्रतिनिधि सभामा पहिलोपटक उभिराख्दा आफूलाई नौलो अनुभूति भइरहेको पनि बताए । ‘यो ठाउँमा उभिराख्दा नौलो अनुभूति भइराखेको छ । जुन ठाउँमा मेरो नाम मात्रै लिन निषेध गरिएको थियो । त्यो ठाउँमा आज आफैं उभिएर बोल्न पाउँदा नौलो अनुभूति भइराखेको छ, लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई सम्मान गर्न चाहन्छु ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रजहरुले गरेको योगदानको सम्मान गर्नुपर्ने बताए । राउतले देशको अखण्डताको रक्षाका लागि संघीयता आवश्यक रहेको बताए । उनले भने, ‘यो देशको अखण्डताको लागि पनि संघीयता आवश्यक छ भन्ने जीवित साक्षी प्रमाण म छु ।

प्रतिक्रिया दिनुहोस्