Logo
Logo

सत्ताको लागि कांग्रेसले च्याँखे थाप्दैन : प्रदीप पौडेल


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सत्ताको लागि च्याँखे नथाप्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर संसद् भावन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस प्रतिपक्षमै बस्ने उनले बताए । 

उनले भने- ‘अहिलेको संसद्मा नेपाली काङ्ग्रेस प्रतिपक्षी पार्टी हो  । पार्टीले निर्णय गरिसकेपछि हामीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दियौँ । तर, कांग्रेस चाहिँ प्रतिपक्षमै बस्छ ।’ 

नेता पौडेलले कांग्रेस प्रतिपक्षीमै बसेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए  । उनले भने, ‘सत्तारुढ गठबन्धनभित्र सबै सहमति भइसकेको छ । त्यसैले त्यसमा च्याँखे थाप्ने, सत्तामा कांग्रेस जाने भन्ने होइन, कांग्रेस सत्तामा जाने कुनै सम्भावना पनि छैन, प्रतिपक्षमै बसेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’

प्रतिक्रिया दिनुहोस्