Logo
Logo

प्रचण्डले अकल्पनीय विश्वास पाएपछि रामचन्द्र खुशी


6.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन ‘हाइज्याक’ भएको भन्दै त्यसको करेक्सन सुरु भएको बताएका छन् ।

संसद्मा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर बाहिरिने क्रममा संचारकर्मीसँग पौडेलले भने– , ‘हाइज्याक भएको गठबन्धन करेक्सन गर्ने उद्देश्यले कांग्रेसले विश्वासको मत दिएको हो । विस्तारै सबै ठीक ठाउँमा आउने अपेक्षा गरौं ।’

उनले नेपालका राजनीतिक दल एकै ठाउँमा आइपुगेको भन्दै अब एउटै विचार हुनेहरु एकै ठाउँ हुँदै जाने बताए ।

उनले भने, ‘पाको कुनै कुरा होइन । पदको कुरा महत्वपूर्ण लाग्ने भएको भए ओलीले संसद् विघटन गरेका बेला दौडिएर म चुनाव लड्न जान्थे, त्यसैले मेरा लागि पद भन्दा व्यवस्था प्यारो छ । म यही व्यवस्थाको उन्नयनका लागि काम गर्ने छु ।’

उनले आफूले उठाएका विषयमा सबै दल आएको भन्दै त्यसले आफूलाई सन्तोष मिलेको बताए ।

‘केही दिनअघि मैले एउटा समारोहमा भनेको थिएँ- अहिले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएको छ । आर्थिक सामाजिक, राजनीतिक सबै किशिमका असहज परिस्थितिहरु मडारिएर आइरहेका छन् । यो बेलामा नेपालका सबै राष्ट्रिय शक्तिहरु एक ठाउँमा उभिन् पर्छ । राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम हुनुपर्छ भनेर मैले भनेका थिए’, पौडेलले भने, ‘आज त्यही अनुसार सबै राष्ट्रिय पार्टीहरु सबै राष्ट्रिय शक्तिहरु एक ठाउँमा उभिएर यो विश्वासको मत पारित भएको छ । यो एउटा ऐतिहासिक घटना हो । यसमा मलाई सन्तोष छ ।’

प्रतिक्रिया दिनुहोस्