Logo
Logo

नेपालद्वारा चीनको तिब्बतमा गएको भूकम्पबाट भएको नोक्सानप्रति दुःख व्यक्त


0
Shares

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा अक्टोबर २२ मा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी १६ जनाको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।

The current image has no alternative text. The file name is: prarsat-mantaralaya.jpg

परराष्ट्र मन्त्रालयले भूकम्पका कारण ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भूकम्पबाट दर्जनौँ व्यक्ति घाइते हुनुका साथै भौतिक सम्पत्ति र पूर्वाधारमा व्यापक क्षतिप्रति दुख व्यक्त गरेको छ ।

मन्त्रालयले विपद्को यस कठिन घडीमा चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता व्यक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस्