Logo
Logo

सुदन, रेखा र महिन्द्र मन्त्री बन्ने


11.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सांसदहरू सुदन किराती, रेखा शर्मा र महिन्द्र राय यादव मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किराती, शर्मा र यादवलाई मन्त्री बनाउने तयारी गरेका छन् । 

एक नेताका अनुसार सत्तारुढ दलहरूबीच माओवादी केन्द्रबाट मन्त्रिपरिषद्मा ५ जना रहने समझदारी छ । माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् ।  

यादव नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् । उनलाई अर्का पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री बनाउन प्रधानमन्त्रीलाई दबाव दिएका छन् । माओवादी केन्द्र र नेसपाले आम चुनावमा संयुक्त चुनाव चिह्नमा निर्वाचन लडेका थिए ।

त्यस्तै, किराती एमाले नेता एवं प्रदेश एकका पूर्व मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै भोजपुरबाट तेस्रो पटक सांसदमा निर्वाचित भएका हुन् । रेखाले दाङ -२ बाट एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्