Logo
Logo

बैंकको ऋण तिर्न नसकेर विराटनगरका व्यापारीद्धारा आत्महत्या


1.7k
Shares

काठमाडौं । मोरङका एक व्यवसायीले बैंकको ऋण तिर्न नसकेपछि आत्महत्या गरेका छन् । इलामका प्रेमप्रसाद आचार्यले व्यवसायमा एकपछि अर्को असफलता र ऋणको चपेटाको कारण देखाउँदै आत्मदाह गरेको घटना नसेलाउँदै विराटनगरका ५७ वर्षीय मोहन न्यौपानेले आत्महत्या गरेका हुन् ।

विराटनगरमा विद्युतीय सामग्रीको व्यापार गर्दै आएका न्यौपानेले बैंकका कर्मचारीले दिएको दबाब थाम्न नसकेर आत्महत्या गरेका हुन् । न्यौपानेले तीन पानाको ‘सुसाइड नोट’ मा बैंकको ऋण तिर्न नसक्दा आत्महत्याको बाटो रोजेको उल्लेख गरेका छन् । उनले नोटमा बैंक र सहकारीको ऋण र नियमित किस्तासमेत गरेर एक करोड ७५ लाख जतिको हिसाब गरेका छन् ।

परिवारका सदस्यलाई सम्बोधन गर्दै सुसाइड नाेटमा लेखेका छन्, ‘म यो धर्तीमा बाँच्च लायक छैन । साग्रिला बैंकको १.४५ करोड ऋण छ । किस्ता करिब ५ लाख गरेर १.५० करोड छ । सहकारी ५ लाख +५ लाख गरी १० लाख छ । नमस्ते सहकारीमा करिब २.५० दिनु छ । क्रेडिट कार्डको बाँकी करिब ४५००० सिद्धार्थ बैंकमा छ । २ ओटा फर्म छ । अडिटर प्रकाश भट्टराईलाई भनेर बन्द गराउनू । शिखर इलेक्ट्रिक बुबाको नाममा छ । बुबाको रकम फिक्सड डिपोजिटबाट निकालेर अन्यत्र राख्नू । बैंकले रोक्का गर्नसक्छ । शिखर इलेक्ट्रिकको नगरपालिकामा बुझाउन बाँकी छ । करिब ३ लाखको शेयर छ । १० लाखको इन्स्योरेन्स पोलिसि छ । पाँचौ किस्ता बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस्