
काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले काठमाडौंको माइतीघरमा प्रर्दशन गरेको छ ।
विहीबार काठमाडौं महानगरका मेयर बालेन शाहले सुकुम्बासी हटाउने विषयमा सहयोग माग्दै गृहमन्त्री रवि लामिछानेलाई भेटेपछि उपत्यकाका सुकुम्बासी प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरुले ‘आफ्नो लागि आफैं अघि बढौं अलमलमा नपरौं, लालपुर्जा प्राप्तिको महाअभियानमा सबैले हातेमालो गरौं’ भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका सुकुम्बासीहरुले दीर्घकालीन रूपमा उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।
भूमि अभियान्तामाथिको झुठो जाहेरी निसर्त फिर्ता, भू-स्वामित्वसहितको स्थायी विकल्पबिनाको उठिबास बन्द गरिनुपर्ने र भूमि ऐन बमोजिम सुकुम्बासीलाई लालपुर्जा वितरणको माग राख्दै सुकुम्बासीहरू आन्दोलनरत छन् ।














