Logo
Logo

अखिल क्रान्तिकारीले सुरु गर्यो स्ववियु कार्यशाला



काठमाडौं । अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार उपत्यका विशेष प्रदेश समितिले शनिबार काठमाडौँमा कार्यशाला सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधान गर्दै अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य हिमाल शर्माले स्ववियुमा उमेर हद अखिल क्रान्तिकारीको नेतृत्वमा लागेको बताए ।

नेता शर्माले एकढिका भएर स्ववियु चुनावमा होमिन सम्पूर्ण नेता कार्यकताहरुलाई निर्देशन दिँदै शर्माले अखिल क्रान्तिकारीभित्र देखा परेका अराजनीतिक गतिविधिहरुलाई स्थान दिन नहुने समेत बताए ।

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले आफूहरुको सम्पूर्ण ध्यान स्ववियु चुनाव केन्द्रीत रहेको बताउँदै केन्द्रीय परिपत्रअनुसार सम्पूर्ण शक्ति क्याम्पसहरुमा केन्द्रीत गरेर अगाडि बढ्न निर्देशन दिए ।

त्यसैगरी संगठनका महासचिव दिपेश पुनले सबै क्याम्पसहरुमा स्ववियु चुनाव सम्पन्न गर्ने र विजयी हुने दायीत्व अखिल क्रान्तिकारीको काँधमा आएको बताए ।

अखिल क्रान्तिकारीले यही माघ १५ गते कर्णाली, १६ गते सुदूरपश्चिम, १७ गते लुम्बिनी, १८ गते बागमती, १९ गते मधेस, २० गते १ नम्बर प्रदेशमा कार्यशाला गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्