Logo
Logo

एलिजाले भनिन्- सेवाभावले राजनीतिमा हाम फालेको हुँ



रुपन्देही । मोडल तथा अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । उनी शनिबार रुपन्देही आएर उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् ।

मोडलिङ हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् एलिजा । तर, उनी अभिनयमा भने सफल हुन सकिनन् । आफ्नै पति तथा पत्रकार ऋषि धमला निर्माता रहेको फिल्म ‘अनुराग’मा उनले अभिनेत्रीमा डेब्यू गरेकी थिइन् ।

उक्त फिल्मले व्यवसायी सफलता हासिल गर्न सकेन । त्यसपछि फाट्टफुट्ट म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी एलिनाले शनिबार पार्टी प्रवेश गरेपछि भनिन्, ‘म सेवाको भावले नै राजनीतिमा हाम फालेको हुँ ।’ उनलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले स्वागत गरेकी थिइन् ।

अध्यक्ष श्रेष्ठले एलिजालाई पार्टी प्रवेश गराउँदै महत्वपूर्ण जिम्मेवारी दिने समेत बताइन् । एलिजाले मुलुकका ठूला राजनीति दलहरूबाट आफूलाई पार्टीमा प्रस्ताव आएपनि उन्मुक्ति पार्टीको एजेण्डाले तानेको बताउँदै भनिन्, ‘सामाजिक लोकतन्त्र र थारू अधिकार बोकेको नागरिक उन्मुक्ति पार्टीका विचारधारा मन परेपछि पार्टीमा जोडिएकी हुँ ।’

उनले आफ्नो राजनीतिक सक्रियताले आवाजविहीनहरूको आवाज बोल्ने बताइन् । ‘जनताका हरेक अभाव पूर्ति गर्ने कुरामा हाम्रा पाइला चल्नेछन्’ उनले भनिन्, ‘हामी हाम्रो पार्टीले बोकेको उद्देश्य पूरा नहोउन्जेलसम्म अहोरात्र खटिइरहनेछौं ।’

प्रतिक्रिया दिनुहोस्