Logo
Logo

चुनावमा हारजित भइरहन्छ, आत्तिनु हुँदैन : माधव नेपाल


504
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने बताएका छन् ।

राजविराजमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले राजनीतिमा चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने बताएका हुन् ।

उनले चुनावमा हारजित भइरहने भएकाले नआत्तिन आग्रह गरे । ‘हार भन्ने कुरा सधैँ भइरहँदैन । बाधा, अवरोध पन्छाउँदै अगाडि बढेमा हारपछि जित हुन्छ । आत्तिन हुँदैन’, नेपालले भने ।

भारतमा पनि जवाहारलाल नेहरु, इन्दिरा गान्धी हुँदा जितिरहेको कांग्रेस (आइ) अहिले हारिरहेको र भाजपाले जितिरहेको उदाहरण दिँदै उनले कांग्रेस (आइ)ले अहिले सुरु गरेको देशव्यापी अभियानमा लाखौँलाख मानिसहरू जोडिएर नयाँ तरङ्ग सिर्जना गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्