
काठमाडौं । नेपाली कांग्रेसले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ ।
पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि निर्धारण गरेको यही माघ १५ सम्मको समय बढाएर माघ मसान्तसम्म तोकिएको कांग्रेसको केन्द्रीय अनुशासन समितिले आज जनाएको छ ।
कांग्रेसले यस विषयमा पार्टीको केन्द्रीय कार्यसमितिमा छलफल गर्ने बताइएको भए पनि तीन पटकसम्म बैठक सरेको छ । तर, आगामी बैठक अगावै उजुरीहरु लिइसक्नेगरी कांग्रेसले सयमसीमा तोकेको हो ।














