Logo
Logo

स्पट फिक्सिङ घटनाले क्यान दुईफ्याक, कार्यसम्पादन समितिको राजीनामा माग


441
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सात जना केन्द्रीय सदस्यले कार्यसम्पादन समितिको राजीनामा मागेका छन् । नेपाली टी–२० लिगको दौरान ‘स्पट फिक्सिङ’ जस्तो गम्भीर अपराधका लागि सहज वातावारण बनाएको भन्दै राजीनामा मागेका हुन् ।

केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउन अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पत्रकार सम्मलेन गरेर कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठक र पदक खड्काको राजीनामा मागेका हुन् ।

कार्यसम्पादन समितिले गलत तरिकाले सम्झौता गरेका कारण उदिययमान खेलाडी सिआईबीको हतकडीमा पर्नुमा क्यान नेतृत्व दोषी रहेको उनीहरुले आरोप लगाएका छन् ।

साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनुको मुख्य दोष क्यान नेतृत्व भएको र महत्त्वपूर्ण निर्णय गर्ने क्यानको कार्यसम्पादन समिति नै यसको जिम्मेवार हुनुपर्ने उनीहरुको भनाइ रहेको ।

कीर्तिपुरमा सम्पन्न टी–२० लिग प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले खेलाडीहरुलाई पक्राउ गरेको छ ।

सीआईबीले पूर्वराष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्