Logo
Logo

रविलाई पुनः गृहमन्त्री नियुक्त गर्न ओलीको दवाव, प्रधानमन्त्री भेट्न पुगे बालुवाटार


8.7k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुपाटार पुगेका छन् ।

नागरिकता मुद्दामा दोषी ठहर भएका रवि लामिछानेलाई तत्काल गृहमन्त्री नियुक्त गर्न दवाव दिइरहेको ओली सोही विषयमा छलफल गर्न बालुवाटार पुगेको स्रोतले बताएको छ ।

शुक्रबार सर्वोच्च अदालतले रविले प्रयोग गर्दै आएको नागरिकता अवैध ठहर गरेको थियो । त्यस लगत्तै रविले सांसद र गृहमन्त्री पद गुमाएका थिए । आइतबार भने रविले प्रकृया पुर्याएर नागरिकता लिइसकेका छन् । 

नागरिकता लिएसँगै ओलीले रविलाई पुनः गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई दवाव दिएका हुन् ।

सर्वोच्चको फैसलासँगै चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रवि गैरसांसद भइसकेका छन् । वर्तमान व्यवस्थाअनुसार गैरसांसदलाई ६ महिनाका लागि मन्त्री बनाउन सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्