Logo
Logo

हुम्ला, मुगु र बाजुरामा भूकम्प आउने हल्ला फैलिएपछि…



काठमाडौं । भूकम्प आउने हल्ला चलेपछि जुम्ला, मुगु र बाजुराका बासिन्दा रातभर घर बाहिर बसेका छन् । हुम्लाका एक धामीले भूकम्प आउने हल्ला फैलाएपछि त्रसित भएका स्थानियहरू कठ्यांग्रिदो चिसोमा रातभर खेतबारी तथा सडकमै बस्न बाध्य भएका हुन् ।

भूकम्प आउँदैछ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा हुम्ला, मुगु र बाजुराका मानिसहरू आगो बालेर घरबाहिर बसेका तस्विर सामाजिक सञ्जालमा समेत छ्याप्छ्याप्ती भएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्पबारेको जिज्ञासासहित रातभर फोन आएको बताए । ‘रातभर फोनले हैरान पा¥यो । मानिसहरूलाई दुःख दिनेको खोजी गरी कारबाही गर्नेछौँ’, उनले भने ।

पछिल्लो समय कर्णाली र सुदूरपश्चिका जिल्लामा लगातार भूकम्पले धक्का दिइरहेको छ । अघिल्लो साता बाजुरामा गएको भूकम्पका कारण ४२ घरपरिवार विस्थापित भएका थिए भने ४ सय घरमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्