
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जनविद्रोहको चेतावनी दिएका छन् ।
सहिद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै नेता यादवले मुलुकको शासन प्रणाली यस्तै रहिरहे अर्को भयानक जनविद्रोह हुने चेतावनी दिएका हुन् ।
उनले भने छन्, ‘नेपाली जनता सुचित, चेतनशील एवम् जागृत र संगठित हुँदै गइरहेका छन् । तर, देशको अवस्था र शासक जाति, वर्गको यस्तै चिन्तन र चरित्र रहिरह्यो भने देशमा अर्को भयानक जनबिद्रोह हुनसक्छ, त्यतिबेला कसैले सम्हालेर सम्हलिन सकिँदैन ।’
नेपालको शासन प्रणाली र संवैधानिक व्यवस्था बमोजिम मन्त्रिपरिषदले शासन व्यवस्थाको निर्देशन, नियन्त्रण र सञ्चालन हुने गरेको अध्यक्ष यादवको भनाई छ ।
उनले भने, ‘संबैधानिक परिषदले न्यायाधीश, अख्तियार, महालेखा परीक्षक, निर्वाचन आयोग, मानव अधिकार आयोग, बित्त आयोग, महिला आयोग, समावेशी आयोग आदि संबैधानिक अङ्गहरुमा नियुक्तिकालागी सिफारिस गर्दछ ।’














