
काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन् ।
आज बिहान धुम्बाराहीस्थित निवासमा पुगेर उनले सभापति देउवासँग भेटवार्ता गरेकी हुन् । भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, विकास तथा सुशासन सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।
साथै सभापति देउवाले अमेरिकाबाट नेपाललाई निरन्तर सहयोगका लागि धन्यबादसमेत दिएका थिए । नुल्यान्डको भ्रमणमा द्विपक्षीय सम्बन्धलाई थप उजागर गर्न सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।
तीन दशकभन्दा धेरै समय कुटनीतिक क्षेत्रमा काम गरिसकेका नुल्यान्डको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।














