Logo
Logo

प्रधानमन्त्रीसँग रविले मागे पुन: गृह मन्त्रालयकै जिम्मेवारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुलाई पुरानै जिम्मेवारीमा फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आग्रह गरेका छन् ।

आइतबार साझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर रविले ६ महिनापछि उपनिर्वाचन जितेर आउने भन्दै हाललाई गृह मन्त्रालयको जिम्मेवारी दिन आग्रह गरेका हुन् । स्रोतका अनुसार लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नै नेतृत्वमा सरकारमा हुनुपर्ने बताएका थिए ।

शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैधानिक रहेको गठहर गरेपछि उनी उपप्रधान सहित गृहमन्त्रीबाट पदमुक्त भएका थिए । तर उनले आइतबारै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र पाइसकेका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सात दलीय सत्तम गठबन्धनभित्र सल्लाह र राय लिएर निर्णय गर्ने बताएको स्रोतले जानकारी दियो । आइतबार नागरिकता पुनःप्राप्ति गरेपछि उनले फेरि गृहमा फर्किने गरी पार्टीमा निर्णय गराइसकेका छन् ।

आइतबार नागरिकता लिएसँगै उनले रास्वपा सदस्य, केन्द्रीय सदस्य र पार्टी सभापतिको जिम्मेवारी लिइसकेका छन् । अब उनी गैरसांसदको रुपमा ६ महिना मन्त्री बनेर फेरि चितवन-२ बाट उपनिर्वाचन जितेर आउने योजनामा छन् ।

प्रतिक्रिया दिनुहोस्