Logo
Logo

‘नीति नियमको अभावले गर्दा व्यवसाय अगाडि बढाउन समस्या’



काभ्रे । साना तथा मझौला व्यवसायीहरूले नीति नियमको अभावले गर्दा व्यवसाय अगाडि बढाउन समस्या भएको बताएका छन् ।

नेपाल साना तथा मझौला व्यवसायी महासंघ काभ्रे जिल्ला संघको समिति गठन तथा घोषणा कर्यक्रममा बोल्दै व्यवसायीहरूले यस्तो बताएका हुन् ।

काभ्रेका प्रदेश सांसद् कन्चन चन्द्र बादे श्रेष्ठले नीति नियम प्रष्ट नहुनु, संघीय, प्रदेश तथा स्थानीय तहमा राम्रोसँग संयोजन तथा तीनै तहका सरकारको भूमिका प्रष्ट नभएको कारणले यस क्षेत्रले दुःख पाएको बताए ।

सानो पुँजी लगानी गरेर माथि उठ्न खोज्ने व्यवसायीहरूलाई सरकारले सहजीकरण गर्नु पर्ने उनले बताए ।

साना तथा मझौला व्यवसायी महासंघका केन्द्रीय महासचिब डा. गोपाल प्रसाद तिवारीले कार्यपत्र प्रस्तुत गर्दै यस क्षेत्रले आर्थिक वृद्धिमा ठूलो टेवा दिए पनि नेपालमा यस क्षेत्रले अरू देशमा जस्तो अगाडि बढ्न नसकेको बताए ।

कार्यक्रमको अध्यक्षता गर्दै साना तथा मझौला व्यवसायी महासंघका धर्मनन्द श्रेष्ठले यस क्षेत्रलाई दिगो रुपमा संचालन गर्न सरकारले सहयोग नगरेको आरोप लगाए ।

यसैबीच, अनिता वस्नेतको अध्यक्षतामा साना तथा मझौला व्यवसायी संघ काभ्रेको नौ सदस्यीय समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्