Logo
Logo

प्रधानमन्त्रीलाई माधव नेपालको ज्ञापनपत्र: बाँच्न धौ-धौ भो, महँगी नियन्त्रण गर्नुस्


4.7k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आथिर्क संकट समाधान सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

मंगलबार बिहान बालुवाटार पुगेर अध्यक्ष माधव नेपालसहितका शीर्ष नेताले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्नसमेत धौ-धौ भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

एकीकृत समाजवादीले जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताएकाे छ ।

मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको एकीकृत समाजवादीकाे निष्कर्ष छ।

यस्तै, विद्यालय तहमा एक सीपमूलक विषय अनिवार्य गर्नुपर्ने र कृषि उत्पादन वृद्धिमा जोड बिक्रीको प्रबन्ध गर्नुपर्ने सुझाव पनि दिएको छ ।

ज्ञापन पत्र:

प्रतिक्रिया दिनुहोस्