Logo
Logo

पर्यटनमन्त्रीको प्रश्न- पशुपतिमा लासमाथि पनि भ्रष्टाचार गर्ने अवस्था कसरी भयो ? 


3.1k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विश्व सम्पदा सुचीमा रहेको पवित्र पशुपतिमा अपवित्र काम भएको भन्दै तत्काल सचिन निर्देशन दिएका छन् ।

आज (मंगलबार) पशुपति क्षेत्र विकास कोषका गतिविधिका बारेमा जानकारी लिन पुगेका मन्त्री किरातीले पशुपति क्षेत्रमा भइरहेको अनियमितता तत्काल बन्द गर्न निर्देशन दिएका हुन् । 

उनले भने, ‘यति ठूलो पवित्र तीर्थस्थलमा किन अपवित्र र फोहोरी काम भैरहेको छ ? यहाँ एक लाख हैन लाखौँ लाखको डिल कसरी भैरहेको छ ? यसको प्रमाणसहित पत्रकार सम्मेलन गर्न न परोस् । विगत जे भयो म हात जोडेर आज पशुपतिनाथसँग माफी माग्छु अव त्यस्तो नहोस् ।’

मन्त्री किरातीले लासमाथि पनि भ्रष्टाचार हुने भएको भन्दै मान्छेसँग संवेदना हराएको बताए । उनले भने, ‘लासमाथि पनि भ्रष्टाचार हुन्छ, के यहाँको मान्छेसँग संवेदना हराएको हो ?’

पशुपति क्षेत्रमा सञ्चालनमा रहेका फूलप्रसाद पसलमा अनियमितता भइरहेको, बढी मूल्य तोकिने गरेको, घाट सेवामा अनियमितता हुने गरेकोलगायत गुनासा बढेकाले त्यसको समाधान तत्काल गर्नुपर्ने निर्देशन दिए । 

उनले भने, ‘यहाँका फूल बेच्नेहरुलाई किन महँगो फूल बेचेको भनेर प्रश्न गर्दा मन्त्रीलाई पैसा बुझाउनुपर्छ भनिन्छ रे, सचिवलाई पैसा बुझाउनु पर्छ भनिन्छ रे । एउटा सटर भाडामा लगाउने बेला यहाँ लाखौं डिलिङ हुन्छ । प्रमाण पेस गर्न नपरोस् । एक लाख हो ? दुई लाख हो  ? पाँच लाख हो डिलिङ ? २० लाख पनि होइन, लाखौं लाख । यहाँ के सुन्नु परेको ? कुन चाहिँ मन्त्रीलाई बुझाउनु भयो ? यहाँ म नाम पढेर सुनाउँछु । कुन सचिवलाई पैसा बुझाउनुभयो ?’

पशुपति क्षेत्रलाई पूजापाठ गर्ने स्थलका रुपमा मात्र नभइ यहाँको महत्वलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने उनको भनाइ थियो ।
 

प्रतिक्रिया दिनुहोस्