Logo
Logo

अफताब आलमले जेलभित्रैबाट लुटतन्त्र चलाएको भन्दै कारबाहीको माग


1.6k
Shares

काठमाडौं । दर्जनौँ मानिसलाई इँटा भट्टामा हालेर जिउँदै जलाएको अभियोगमा जेल सजाय भोगिरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमले जेलभित्रबाटै बिचौलिया शासन चलाएको भन्दै कारबाहीको माग गरिएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा रौतहट–२ बाट निर्वाचित सांसद किरणकुमार साहले जेलभित्र बिचौलियाको प्रवेश र जेलबाटै हुने आपराधिक गतिविधिहरू नियन्त्रण हुनुपर्ने बताए । उनले अफताब आलमले रौतहट कारागारभित्रबाटै बिचौलियामार्फत लुटतन्त्र मच्चाइरहेको बताउँदै कारबाहीको माग गरेका हुन् ।

आलम निर्वाचित हुँदै आएको सो क्षेत्रमा यसपटक किरणले स्वतन्त्र उम्मेदवारी दिए विजयी भएका थिए । साह अहिले एमालेमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्