काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धारामा बसेको हो ।

आजको बैठकमा रास्वपा सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय हुन सक्ने बताइएको छ । बैठकमा तत्काल सरकारबाट बाहिरिन नहुने मत बलियो बनेको छ ।
जारी बैठकमा सरकारबाट बाहिरिँदा पर्ने असर र सम्भावित घटना परिघटनालाई ख्याल गरिनुपर्नेमा केही नेताहरूले जोड दिएका छन् । केही नेताहरुले भने सरकारबाट बाहिरिएर जनतामा जानुपर्ने धारणा राखेका छन् ।
यही विषयमा मन्थन चलिरहँदा तत्काल सरकारबाट बाहिरिने जस्तो छनक नदेखिएको एक नेताले बताए ।














