Logo
Logo

आगो कसले ताप्ने ?



आसनमा बसेका यी
रूप एउटै
नाम फरक
शासन अरू कै
अर्थात् प्रोक्सी रुल –
यी रासन बटुल्नको लागि मात्र
चुनावको रमिता सकियो
गुलेलीको मोठ यी
चलाउने अरू नै
बाकी मट्याङ्ग्राहरू
टारका निस्सार बैठकहरूमा
रेटिएका आवाजहरू
अन्तका नाद बनेर
राष्ट्रिय गीत कथ्ने धुनमा
भइरहेको सङ्गीत संयोजनले
मुलुकको होइन पराइको गीत आउन
आपसको झगडामा
घरको दलिन बालेर
आगो कसले पहिले ताप्ने भन्ने
यो अन्धेर कहिलेसम्म ?
जति चल्छ त्यहीले सम्म !

प्रतिक्रिया दिनुहोस्