Logo
Logo

बिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल



काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष चयनमा बिपक्षी दलहरुले साझा उम्मेदवार उठाउने बिषयमा छलफल जारी राखेका छन ।

सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको हलमा जारी बैठकमा बिपक्षी दलवाट साझा उम्मेदवार चयन गर्ने बिषयमा छलफल गरिरहेका छन् । सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफनो पार्टीवाट उम्मेदवार नहुने जानकारी दिएका छन ।

उनले विपक्षी गठबन्धनवाट उठने नेतालाई समर्थन गर्ने प्रतिवद्धता जनाएर बैठकवाट बाहिरिएका छन् । उनी पार्टीले आयोजना गरेको द्धि दिवसीय बैठकमा सहभागी हुन हिडेका छन ।

कांग्रेसले भने यसअघि नै राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिईसकेको छ । जसको समर्थनका लागि बिपक्षी दलका नेताहरुलाई बैठकमा बोलाएर धारणा मागिरहेको हो । यद्धपी, कांग्रेसले उम्मेदवार भने तोकेको छैन । निर्वाचन २३ माघमा हुदैँछ ।

प्रतिक्रिया दिनुहोस्