Logo
Logo

प्रचण्ड सरकार राष्ट्रपति निर्वाचनबाटै समाप्त हुन्छः माधव नेपाल


0
Shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनमा समस्या आएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड सरकारमा बस्ने वा नवस्ने भन्ने बारेमा आईतवारसम्म दिएको अल्टिमेटम सकिन लागिदैै गर्दा नेता नेपालले नयाँ राजनीतिक समीकरण बनेको दुई महिना नपुग्दै एमाले–माओवादी गठबन्धनमा खटपट सुरु भएको बताएका हुन् ।

केन्द्रीय कसमटी बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको गठबन्धन भित्र बिवाद बढदै गएको र राष्ट्रपति निर्वाचनसम्म पनि प्रचण्ड सरकार टिक्नेमा आंशका ब्यक्त गरे । 

‘नयाँ गठबन्धनमा विवाद सुरु भइसकेको छ । प्रचण्ड नेतृत्वको सरकार राष्ट्रपति निर्वाचनसम्म पनि टिक्छ भन्न सकिने अवस्था छैन । उत्पन्न परिस्थिती हेर्दा सत्ता गठबन्धनले प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म मात्र थेग्छ,’ उनले भने ।

विचार र सिद्धान्त सहि भएपनि आफ्ना स्वार्थको लागि कुदिरहने भन्दै नेता नेपालले माओवादीलाई ढुलमुले पार्टीको सज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस्