Logo
Logo

यस्ता छन् भोलि बस्ने प्रतिनिधिसभा बैठकका एजेण्डा


1.8k
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बस्दै छ । वर्तमान संसदको पहिलो अधिवशेनको सातौँ बैठक आइतबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

बैठकमा त्यसअघि शून्य र विशेष समयमा सांसदहरूले विभिन्न विषयमा आफ्नो धारणा राख्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्