Logo
Logo

ओखलढुङ्गाले जित्यो रेजिना रनिङ शिल्डको उपाधि 



सङ्खुवासभा । प्रदेशस्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाले जितेको छ ।

सङ्खुवासभाको खाँदबारीमा शनिबार भएको फाइनलमा भोजपुरलाई ३–१ को अन्तरले हराउँदै ओखलढुङ्गाले उपाधि जितेको हो ।

 जितसँगै ओखलढुङ्गाले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, २ सय १० तोला चाँदीको रनिङ ट्रफी र ३ तोला चाँदीको मेडल हात पारेको छ । उपविजेता बनेको भोजपुरले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी र २ तोला चाँदीको मेडल प्राप्त गरेको छ । 

 प्रतियोगितामा झापा भलिबल टिम तेस्रो र पाँचथर भलिबल टिम चौथो भएको छ । झापाले  नगद ३३ हजार ३ सय ३३ रुपैयाँ, ट्रफी र १ तोला चाँदीको मेडल प्राप्त गर्दा खोटाङले नगद ११ हजार १ सय ११ रुपैयाँ प्रमाणपत्र पाएको छ । 

खेलमा ६ उत्कृष्ट विद्यामध्ये सर्वोत्कृष्ट, वेस्ट स्पाईकर र वेस्ट ब्लकर गरी ३ विधा पनि ओखलढुङ्गाले नै जितेको छ । सर्वोत्कृष्ट खेलाडीमा समीप श्रेष्ठ, वेस्ट स्पाईकर हरि अधिकारी र वेस्ट ब्लकर दारिका थापा भएका छन् । 

सूर्य सेकेन्डरी बोर्डिङ स्कुल सङ्खुवासभा खाँदबारीले आयोजना गरेको प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता माघ १८ गतेदेखि सञ्चालन भएको थियो । प्रतियोगितामा प्रदेश १ का १२ जिल्लाका १३ टिमले सहभागिता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्