Logo
Logo

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : शङ्कर पोखरेल 


252
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: sanker.gif

एमाले विशेष सङ्गठन कमिटीद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा  महासचिव पोखरेलले जलवायु परिवर्तनमा महत्त्वपूर्ण भूमिका रहेका औद्योगिक राष्ट्रबाट हिमाली मुलुक नेपालले क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिए । 
 
“विकसित देशहरुले ठूलाठूला उद्योग र आणविक भट्टीबाट कार्बन उत्सर्जन बढी भई वातावरण परिवर्तन भइरहेको र त्यसको मार नेपालजस्ता विकाशिल देशहरूमा परेको छ । त्यसबाट हिमाली मुलुक नेपाल प्रभावित भई बर्सेनि ठूलो धनजनको नोक्सान बेहोर्नुपरेको छ”, महासचिव पोखरेलले भने। 

उनले पार्टीका नेता तथा जनसङ्गठनहरू बाढी गएसँगै प्रभावित क्षेत्रमा पुगी उद्धार तथा राहत वितरणलाई प्राथमिकतामा राखेर अहोरात्र खटेको बताए । 

प्रतिक्रिया दिनुहोस्