Logo
Logo

पुरानो बानेश्वरमा बाबु-छोरी मृत अवस्थामा भेटिए



काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा भेटिएका छन् । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएका हुन् ।

शनिबार साँझ ६ बजे आफ्नै कोठाभित्र किशोर भुण्डिएको अवस्थामा र ७ वर्षिया छोरी भुइमा मृत भेटिएको प्रहरी वृत्त, बानेश्वरका डीएसपी मिमबहादुर लामाले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएको उनको भनाइ छ ।

बुबा किशोरशौचलयमा झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यसैले उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु बताउँछन् । घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ । किशोरले फार्मेन्सी सञ्चालन गर्दै आएका थिए ।

प्रहरीका अनुसार बन्द कोठाभित्र घाँटी रेटिएको अवस्थामा छोरीको शव भेटिएको छ । बाबु शौचालयमा झुन्डिएको अवस्थामा छन् । छोरी शारिरिकरूपमा अशक्त रहेकको बताइएको छ ।

किशोरकी श्रीमती दिउँसो बाहिर गएर साँझ कोठा फर्कँदा भित्रबाट ढोका बन्द रहेको पाइएपछि ढोका फोडेर हेर्दा बाबुछोरी मृत भेटिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्