
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधनप्रति दुख व्यक्त गरेका छन् ।
प्रधानमन्त्र प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत रानाको निधन दुखद् रहेको बताउँदै उनले विभिन्न क्षेत्रमा पुर्याएको योगदानप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
उनले लेखेका छन, ‘नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा दुखद् निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। सम्पूर्ण शोकसन्तप्त परिवार, शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दै राष्ट्रका निम्ति उहाँले पुर्याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु।’
हिमालय बैंकका संस्थापक एवं नेपालको पहिलो अर्थसचिवसमेत राणाको ९५ वर्षको उमेरमा आज बिहान थापाथलिस्थित नर्विक अस्पतालमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्यष्टि गरिने छ ।














