Logo
Logo

संसद बैठकमा गएनन् रास्वपाका सांसद


2.4k
Shares

काठमाडौं । अहिले प्रतिनिधिसभाको बैठक जारी छ । जारी संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू सहभागी भएका छैनन् ।

पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेकाले उनीहरू संसद् बैठकमा सहभागी नभएका हुन् । आजको बैठकबाट सरकारमा रहने वा छाड्ने विषयमा निर्णय गरिने रास्वपाका सभापति रवि लामिछाने जानकारी दिएका छन् ।

सत्ता गठबन्धनको सहमतिअनुसार गृह मन्त्रालय आफुले पाउनुपर्ने रास्वपाको अडान छ । तर, प्रधानमन्त्री प्रचण्डले गृह आफुले राख्ने र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन रास्वपालाई प्रस्ताव गरेका छन् । सो विषयमा निर्णय लिन
शनिबार राति पनि बैठक बसेको थियो । तर, बिनानिष्कर्ष टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्