Logo
Logo

रवि लामिछानेको बचाउमा ओली


1.1k
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लमिछानेको बचाउ गरेका छन् ।

आज (सोमबार) प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेको बचाउ गरेका हुन् । उनले लामिछानेका विषयमा अदालतले गरेको फैसलामा प्रश्न गरेका थिए ।

उनले कसैलाई हानि गर्ने काम नगरेको बताउँदै प्रक्रियागत त्रुटि भएको बताए । त्यसैले कसैलाई हानि नगरेको उनको दाबी थियो ।

ओलीले बचाउ गर्दै भने, ‘मेरो मनमा प्रश्न छन्, उजुरकर्तालाई के मर्का परेछ ? के कारणले उजुर गरे, मैले थाहा पाइनँ। असम्बन्धित व्यक्तिले निवेदन गरेको देखिन्छ। अदालतको काम त न्याय दिने हो । यो फैसलाबाट कसले न्याय पायो ? कसले मर्काबाट उन्मुक्ति पायो ?’

आफूहरु अदालतलाई सम्मान गर्ने बताउँदै उनले निर्णयलाई मान्ने र कार्यान्वयन गर्ने बताए । उनले भने, ‘उजुरकर्तालाई के मर्का परेछ। के कारणले उजुर गरे मैले थाहा पाइनँ । असम्बन्धित व्यक्तिले निवेदन गरेको देखिन्छ ।’

रविमाथि प्रहार भएको संकेत गर्दै उनले एउटा नागरिक प्रहारको विषय हुन नसक्ने बताए । उलने भने, ‘संविधान र कानुनको उलंघन गर्‍यो र क्षति पुग्न गयो भने नागरिकलाई रोक्नुपर्छ । कसैको हक उल्लंघन गर्न पाइँदैन । अपराध गर्न पाइँदैन । अदालतको फैसलालले तात्विक अर्थ राख्ने भन्दैन । प्रक्रियागत त्रुटि हो ।’

फैसला बुझेर बुझिनसक्नु खालको रहेको उनले बताए । ओलीले भने, ‘हामीले स्पष्ट हुनेगरी कानुन बनाउनुपर्छ कि ? सर्वोच्च अदालतले त्यसका बाइप्रोडक्टलाई समेत ख्याल गरेर निर्णय गर्नुपर्छ । त्यतातिर ध्यान दिनुपर्छ कि भन्ने मेरो आग्रह हो ।’

प्रतिक्रिया दिनुहोस्