Logo
Logo

संसद्‍मा ओली बोलिरहँदा रामहरि खतिवडाको नियमापत्ति


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री केपी ओलीको भनाइमा आपत्ति जनाएका छन् । ओलीले बोलिरहँदा नियमापत्ति जनाउँदै सांसद खतिवडाले विरोध गरेका हुन् ।

सांसद खतिवडाले भने, ‘पूर्वप्रधानमन्त्रीले यहाँ न्युनतम साझा कार्यक्रमबारे बोल्नुभयो । न्युनतम साझा कार्यक्रमको अनुहार रुप हामीले देख्न पाएका छैनौं । त्यसैले कुनै बार्दलीमा ल्याइएको कार्यक्रम यहाँ प्रस्तुत नगरिइोस् सभामुख महोदय ।’

केपी ओलीले भने आइतबारको बैठकमा नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्न सकस भएको भन्दै उत्पन्न हुनसक्ने अस्थिरता कांग्रेसका लागि प्रतिउत्पादक हुने चेतावनी दिएका थिए । साथै कांग्रेसको व्यवहार लोकतन्त्रको प्रतिकुल रहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्