Logo
Logo

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने


2.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए । बैठकपछि पत्रकार सम्मलेन गर्दै सभापति लामिछानेले सरकारबाट बाहिरिने निर्णय गरेको र पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार आजै नै रास्वपाबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री प्रचण्डलाई राजिनामा बुझाउने सभापति लामिछानेले जानकारी दिए ।

सरकारबाट बाहिरिने निर्णय गरेको रास्वपाले सरकारदाई दिएको समर्थन भने यथावत रहेको सभापति लामिछानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्