Logo
Logo

राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने


567
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपति भण्डारीले माघ २७ गते दिउँसो ३ बजे बस्ने दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका हुन् । राष्ट्रपति भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले संयुक्त रुपमा गर्न लागेको विशेष सम्वोधनलाई बिदाई सम्बोधन भनेर चर्चा हुन थालेको छ ।

निर्वाचन आयोगले २५ फागुनका लागि नयाँ राष्ट्रपतिको निर्वाचनको कार्यक्रम घोषणा गरेकाले यसलाई बिदाई सम्वोधन भनिएको हो ।
््

प्रतिक्रिया दिनुहोस्