Logo
Logo

रविले निस्फिक्री बोले : गोकुल बाँस्कोटा


4.5k
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका बचाउ गरेका छन् ।

नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत लामिछानले आइतबार पत्रकार सम्मेलनमार्फत दिएको अभिव्यक्तिको बचाउ गरेका हुन् । उनले लामिछानेले निष्फिक्री बोलेको भन्दै प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको र प्रश्न उठेपछि जवाफ दिनुपर्ने बताएका छन् ।

बाँस्कोटाले लेखेका छन्, ‘रविले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो । प्रश्न उठेपछि दागा धर्नुभन्दा जवाफ दिनु राम्रो हो ।’

आइतबार सरकारबाट बाहिरिएसँगै गरिएको पत्रकार सम्मेलनमा लामिछानेले केही सञ्चार माध्यमका सम्पादकमाथि बेबुनियाद आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्