
सिरहा । नवराजपुर गाउँपालिका(४ नयाँ नहरनिया टोलमा कुटपिट गरी बृद्धाको हत्या अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नहरनिया बस्ने ७० वर्षीय सुभकलाल यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय राधेश्याम यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
सुभकलालको नाती र राधेश्याम यादवबीच भएको झै(झगडा छुट्याउने क्रममा राधेश्याम यादवले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झाझपट्टी र ईलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न राधेश्यामलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














