Logo
Logo

भ्यालेन्टाइन सप्ताहको पहिलो दिन आज ‘रोज डे’, किन मनाइन्छ ?


756
Shares

काठमाडौं । भ्यालेन्टाइन सप्ताह सुरु भएको छ । विशेषतः युवायुवतीबीच प्रख्यात प्रणय दिवसमा आजबाट ७ दिनसम्म प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्द्छन् ।

आज भ्यालेन्टाइन सप्ताहको पहिलो दिन ‘रोज डे’ हो । यो दिन जोडीहरूले एकअर्कालाई गुलाफको फूल दिन्छन् । हिजोआज टाढा भएर भेटेर गुलाफ दिन असमर्थ हुनेले म्यासेजमार्फत शुभकामना दिएर पनि मनाउने गर्छन् ।

‘रोज डे’ मनाउनुको कारण गुलाफको फूललाई प्रेमसँग जोडेर हेर्ने परम्परा हो । रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ । पुस्तक, चलचित्र, गीत र इतिहासमा समेत गुलाफलाई प्रेमको प्रतीक मानिएको छ ।

भ्यालेन्टाइन सप्ताहको सुरुवात गुलाफ दिएर हुन्छ । भिक्टोरियन र रोमीहरूले पनि गुलाफले आफ्नो प्रेम व्यक्त गर्थे भन्ने विश्वास छ । हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाइँदै आएको छ ।

त्यसअघिका ६ दिन अर्थात भ्यालेन्टाइन सप्ताहमा पहिलो दिन फेब्रुअरी ७ रोज डे, फेब्रुअरी ८ प्रपोज डे, फेब्रुअरी ९ चकलेट डे, फेब्रुअरी १० टेडी डे, फेब्रुअरी ११ प्रमिस डे, फेब्रुअरी १२ हग डे, फेब्रुअरी १३ किस डे र फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाइन्छ ।

किन मनाइन्छ रोज डे ?

रोज डेमा, मानिसहरूले आफ्नो मनपर्ने मानिससँग आफ्नो प्रेम व्यक्त गर्छन् । गुलाफको फूललाई आफ्नो भावना व्यक्त गर्ने प्रतीकको रूपमा मानिन्छ । इतिहास अनुसार मुगल बेगम नूरजहाँलाई उनको पतिले रातो गुलाफ दिइएको मानिन्छ ।

उनलाई त्यो रातो गुलाफ धेरै मन परेपछि उनका पतिले नूरजहाँको मन खुसी पार्न हरेक दिन उनको दरबारमा ताजा गुलाफ पठाउने गर्थे ।

अर्को विश्वास अनुसार महारानी भिक्टोरियाको पालामा मानिसहरूले आफ्नो भावना व्यक्त गर्न गुलाफ साट्ने चलन थियो । भिक्टोरियन र रोमनियनहरूले पनि गुलाफको साथ आफ्नो प्रेम व्यक्त गर्थे ।

विभिन्न रङका गुलाफहरूले फरक–फरक अर्थ राख्ने गर्दछन् । रोज डेको दिन आज हामी गुलाफका रङका विशेषताको बारेमा चर्चा गर्छौं ।

रातो गुलाफ : रातो गुलाब प्रेम, जोश र भावनासँग सम्बन्धित छ । रातो गुलाफको विशेषता यो हो कि यसलाई दिएर अगाडिको मान्छेलाई आफूले आफ्नोजस्तो महसुस गराउने हो ।

पहेंलो गुलाफ : पहेंलो गुलाफलाई मित्रताको प्रतीक मानिन्छ । यदि तपाईं आफ्ना साथीहरूलाई माया गर्नुहुन्छ भनी बताउन चाहनुहुन्छ भने तपाईंले तिनीहरूलाई पहेंलो गुलाफ दिन सक्नुहुन्छ । पहेंलो रङले खुसी र राम्रो स्वास्थ्यको पनि प्रतीक हुन्छ ।

सेतो गुलाफ : सेतो गुलाफ तब दिइन्छ जब तपाई कसैसँग धेरै झगडा गर्नुभयो तर, अब तपाईं सबै कुरा भुलेर नयाँ तरिकाले आफ्नो सम्बन्ध सुरु गर्न चाहनुहुन्छ । यसबाहेक सेतो गुलाबलाई शान्तिको प्रतीक पनि मानिन्छ ।

गुलाबी गुलाफ : भ्यालेन्टाइन डे केवल जोडीहरूको लागि मात्र होइन । तपाईं पनि आफ्नो आमाबाबुसँग यो सप्ताह मनाउन सक्नुहुन्छ । यस्तो अवस्थामा, तपाईंले रोज डेको अवसरमा तिनीहरूलाई गुलाबी गुलाफ दिन सक्नुहुन्छ । गुलाबी गुलाफ कसैलाई धन्यवाद दिन पनि दिइन्छ ।

सुन्तला रङको गुलाफ : यो गुलाबी रंग जोशको प्रतीक हो । यसले उत्साह, इच्छा देखाउँछ । दम्पतीहरूले आफ्नो प्रेममा जोश र उत्साहको प्रतीक सुन्तला रङको गुलाफ दिन सक्छन्

प्रतिक्रिया दिनुहोस्