Logo
Logo

युएसएआइडी प्रमुख सामन्था र परराष्ट्रमन्त्रीबीच भेटवार्ता


189
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआईडी)का प्रमुख सामन्था पावर र परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहनु भएकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावरसँग मङ्गलबार शिष्टाचार भेट गर्नुहुँदै परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल । तस्बिरः किरणराज विष्ट-रासस

आज दिउँसो परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा नेपाल अमेरिकाबीचको द्विपक्षीय हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता अन्र्तगत परियोजना कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई
अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकका रुपमा स्तरउन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतमा छलफल भएको थियो ।

त्यस अवसरमा परराष्ट्र मन्त्री पौड्यालले अ‍ेमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्