Logo
Logo

गोर्खा भर्तीसम्बन्धी सन्धिविरुद्धको रिट खारेज


1.8k
Shares

काठमाडौं । गोर्खा भर्तीसम्बन्धी सन् १९४७ को सन्धि खारेजको माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
आज (मंगलबार) सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले रिट खारेज गरेको हो ।

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संघले गोर्खा भर्ती सम्झौता खारेजीको माग गर्दै २०७४ जेठ २६ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

संघका तर्फबाट पदमसुन्दर लिम्बू र उत्तमप्रसाद राईले दायर गरेको रिट खारेज गरे पनि सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश भने दिएको छ ।

अदालतले सरकारका नाममा भने गोर्खा भर्तीसम्बन्धी नेपाल, बेलायत र भारतबीचको त्रिपक्षीय सन्धि पुनरवलोकन गर्न परमादेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्