काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् ।
मंगलबार सम्पन्न मतगणना अनुसार एकजना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ । कार्कीले ३ हजार ५३७ मत ल्याउँदै जित हासिल गरेका हुन् ।

अध्यक्षका अर्का उम्मेदवार प्रगतिशील समूहका डा। सन्तोष पौडेलले २ हजार २२३ र स्वतन्त्र .उम्मेदवार डा. शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गरे ।
यस्तै, महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा. सञ्जीव तिवारी २९१८ मतका ल्याएर विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी डा. अमृत भुसाल १५४१ मत ल्याएर भने अर्की उम्मेदवार डा.रक्षा श्रेष्ठले भने १५०५ मत ल्याए ।
मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह ३०८१ मतका साथ विजयी बने । उनका निकतम प्रतिद्वन्द्वी डा. महेश महासेठले १५७४ मत पाए भने अर्का उम्मेदवार डा. अजयकुमार मिश्रले ११२४ मत ल्याए ।
बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकी विजय हासिल गरे । यस्तै गण्डकी प्रदेशमा डा. राजन शर्मा, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट, सदस्यहरुमा लोकतान्त्रिक समूहका डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा तेज्सुसिंह मल्ल, डा. युभिन कुमार यादव र प्रगतिशिल समूहका डा. स्मृती महत विजयी भएका छन् ।














