Logo
Logo

प्रधानमन्त्रीले ओलीसँग भने- पूर्वसहमतिअनुसार नै राष्ट्रपति चयन हुन्छ


3.7k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसहमतिअनुसार नै राष्ट्रपति चयन हुने बताएका छन् । बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

बुधबार बिहान ओली निवास बालकोट पुगेका प्रधानमन्त्री प्रचण्डसँग पूर्वसहमतिअनुसार नै एमालेले राष्ट्रपति पाउनुपर्ने ओलीले अडान राखेका थिए । सोक्रममा प्रधानमन्त्री प्रचण्डले पूर्वसहमतिअनुसार नै राष्ट्रपति चयन हुने बताएको वालकोट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले ओलीसँगको भेटमा गृह मन्त्रालय आफ्नो पार्टीको दाबी रहेको बताए । उपप्रधान तथा गृहमन्त्री नपाएपछि सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको विषयमा समेत उनीहरुबीच छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्