Logo
Logo

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


504
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिदैँछन् । सुदुरपश्चिम संसद सचिवालयका अनुसार उनले आज दिउँसो १ बजे विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिने तयारी गरेका थिए । तर, सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान कायम राखेपछि हिजो ११ र पुनः १ बजे बोलाईएको प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित हुन पुगेको थियो ।

गत २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले एक महिनासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएकाले आजसम्म मात्र म्याद रहेको छ ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदुरपचिक प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित नागरिक उन्मुक्तिको समर्थन रावल मुख्यमन्त्री नियुक्त भएका थिए । तर विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले मत दिन आनाकानी गरे पछि रावल नेतृत्वको सरकार संकटमा परेको छ ।

सो पार्टीका संस्थापक रेशमलाल चौधरीलाई रिहाई नगरेको तर अर्का सांसद अरुण चौधरीलाई पक्राउ  गरे पछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति आक्रोशित हुदैँ आएको छ । बन्दीहरुको रिहाई, झुटा मुद्धा फिर्तालगायतका माग सम्बोधन हुने विश्वासिलो आधार नभएकाले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन नसकिने नागरिक उन्मुक्तिको भनाई छ ।

नागरिक उन्मुक्तिको प्रदेशमा ७ जना सांसद रहेका छन । नागरिक उन्मुक्तिले मत नदिएमा रावल नेतृत्वको सरकार बाहिरिने छ भने प्रदेश संसद सचिवालयले नयाँ मुख्यमन्त्री चयनका लागि कारवाही अघि बढाउने छ ।

प्रतिक्रिया दिनुहोस्