
काठमाडौं । भारतीय सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई विदेशी मूलका भनी लेखिएको फैसला सच्याएको छ ।
आमहडताल देखी बिशाल आन्दोलन हुन थालेपछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको हो ।
केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शव्द सच्याउन सर्वोच्च अदालतमा रिट दायर गरेपछि बुधबार सर्वोच्चका न्यायाधीशद्वय एमआर साह र भीवी नागरत्नको संयुक्त इजलासले उक्त शव्द हटाउने निर्णय गरेको हो ।
गत जनवरी १३ मा भारतको सर्वोच्च अदालतले सिक्किमका वहुसंख्यक नेपालीभाषीलाई नेपालबाट आएका ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिंगो भारतमा रहेका नेपालीभाषी समुदाय आन्दोलित भएका थिए ।
सिक्किम लगायत क्षेत्रमा आमहडताल देखी विशाल प्रदर्शनसम्म भएको थियो भने भारतका नेपाल भाषी शहर ठप्पसमेत भएका थिए ।
आन्दोलन निरन्तर चर्किदै जान थाले पछि भारतीय सर्वोच्च अदालत सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ भन्न वाक्यांश सच्याउन बाध्य भएको टिप्पणी गरेको छ । सर्वोच्चको सो निर्णयसँगै सिक्किममा भईरहेको आन्दोलन स्थगित भएको आन्दोलनकारीले जानकारी दिएका छन् ।














