Logo
Logo

अमेरिकी सक्रियताले भारत सशंकित, विदेश सचिव क्वात्रा नेपाल आउँदै


2.9k
Shares

काठमाडौं । भारतीय बिदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन । तीन दिने भ्रमणका लागि उनी आगामी १ फागुन (सोमवार) नेपाल आउने भएका हुन् ।

उनी परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका हुन् । गत पुसमा प्रचण्ड नेतृत्वकाे नयाँ सरकार गठन भएयता नेपाल आउन लागेका क्वात्रा पहिलाे भारतीय उच्च अधिकारी हुन् ।

नेपालमा रहँदा क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग भेट्नेछन् ।

त्यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो समेत दिने बुझिएको छ । नेपालमा पछिल्लो समय अमेरिकी सक्रियता बढेको छ ।

राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड, यूएसएआईडी प्रमुख समान्था पावर र ईयूका आयुक्त जुटा उर्पिलाइनेनले हालै नेपाल भ्रमण गरेर फर्किएका छन् ।

त्यसैगरी आउने सोमबार अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर पनि नेपाल आउने तय भएको छ । क्वात्रा आएकै दिन अख्तर पनि काठमाडौँ उत्रनेछन् ।

अमेरिका र युरोपबाट तारन्तार भ्रमण भएपछि नयाँ दिल्ली सशंकित बनेको स्रोत बताउँछ । नेपालमा अमेरिकी सक्रियता बढेसँगै र नेपालमा राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा भारतबाट हुन लागेको क्वात्राको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । सत्तारुढ दलहरुबीच राष्ट्रपति कसलाई बनाउने भन्नेमा विवाद चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्