
काठमाडौं । सरकार सञ्चालनका लागि बनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि अवस्था, सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेपछि बदलिएको राजनीतिक परिस्थिति, राष्ट्रपति उम्मेदवार लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
सत्तारुढ दलहरुबीच राष्ट्रपति कसलाई बनाउने भन्नेमा विवाद चलिरहेको छ ।











