Logo
Logo

विवेकशील साझाको अध्यक्षमा तीन नेताको दाबी


1.4k
Shares

काठमाडौं । विवेकशील साझा पार्टीको प्रथम महाधिवेसन काठमाडौंमा सुरू भएको छ । लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको प्रथम महाधिवेसन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आजबाट सुरू भएको हो ।

शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गर्नेछ ।

भावी अध्यक्षका लागि तीन नेता आकांक्षी देखिएका छन् । केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् ।

तीनै जनाले भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन् । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्