Logo
Logo

राष्ट्रपतिको सवारीले सर्वसाधारणलाई सास्ती


2k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा राष्ट्रपतिको सवारीका कारण आज अत्यधिक सवारी जाम भएको छ । राष्ट्रपतिले दुवै संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले जताततै सवारी जाम भएको हो ।

राष्ट्रपति भण्डारीको सवारीका लागि राष्ट्रपति कार्यालयदेखि संसद् भवनको बाटो बन्द गरिएपछि सडक अस्तव्यस्त बनेको छ । काठमाडौँसहित ललितपुर र भक्तपुरसम्म सवारीको लामो लाइन देखिएको छ

राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो तीन बजे बजेपछि संसद् भवन पुगेका थिए । अहिले उनी फर्किसकेका छन् ।

मन्त्रीहरूको आवतजावतले पनि थप जाम भएको ट्राफिकले जनाएको छ । विभिन्न सडक चोकका सर्वसाधारण रोकिनुपर्ने र जाममा बस्नुपर्ने अवस्था छ ।

जताततै जामका कारण सर्वसाधारणलाई सास्ती भएको छ ।

प्रतिक्रिया दिनुहोस्