Logo
Logo

समीक्षा बास्कोटा विवेकशील साझा पार्टीको अध्यक्ष चयन


1.3k
Shares

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन् । शनिबार काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनबाट बास्कोटा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन हुँदा महासचिव रञ्जु दर्शना सर्वसम्मत भएका छन् । केन्द्रीय निर्वाचन समिति संयोजक केशव दाहालका अनुसार सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन हुँदा कोषाध्यक्ष दामोदर नेपाल निर्वाचित भएका छन् । महाधिवेशन हलबाट सबै पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरिएको हो ।

केन्द्रीय सदस्यमा भने आकांक्षी धेरै भएकाले निर्वाचनबाट चयन गरिने जनाइएको छ । विवेकशील साझाको केन्द्रीय समिति ६१ सदस्यीय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्